सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । अघिल्लाे रेकर्ड ताेड्दै नेप्से परिसूचक बुधबार नयाँ उचाइमा पुगेको छ । बुधबार नेप्से सूचक १५.३० अंकले बढेर ३०९४.९५ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक ०.०२ अंकले मात्रै बढेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।
तर बुधबार कारोबार रकम १३ अर्बमा झरेको छ । यस दिन १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर कारोबार भएको छ । मंगलबार १५ अर्ब माथिको शेयर कारोबार भएको थियाे ।
यसदिन २१९ कम्पनीको २ करोड ८१ लाख बढी कित्ता शेयर १३ अर्ब २९ करोड बराबरमा किनबेच भयो । यसदिन कारोबारमा आएका १३ मध्ये ९ समूहको सूचक वृद्धि भएको छ ।
बुधबार होटल र बीमा कम्पनीहरुमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ ।
यस दिन नारायणी डेभलपमेन्ट बैंक, मल्टिपर्पस फाइनान्स र चन्द्रागिरी हिल्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने सोल्टी होटल, कर्पोरेट डेभलपमेन्ट बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य पनि बढेको छ ।
यस दिन पञ्चकन्या माई हाइड्रोपावर, सिंगटी हाइड्रो, ग्रीन लाइफ हाइड्रोपावर, पाँचथर पावरलगायत कम्पनीको शेयरमूल्य घटेको छ ।
युनाइटेड मोदी हाइड्रोपावरको सबैभन्दा धेरै ३८ करोड बढीको शेयर किनबेच भयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा