सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र , साझा यातायातले उपत्यकाका काठमाडौं र ललितपुरसँगै भक्तपुरमा पनि सेवा विस्तार गर्न लागेपछि स्थानीय यातायात व्यवसायी विरोधमा उत्रेका छन् । जिल्लाका बस व्यवसायीहरूले आफ्ना बस मात्रै सञ्चालन गर्ने भन्दै साझाको सेवा विस्तारमाथि विरोध जनाएका हुन् । साझाले सेवा विस्तारका लागि यातायात व्यवस्था विभागसँग रुट परमिट (इजाजत) मागेलगत्तै भक्तपुरका व्यवसायीहरू आफ्नो एकाधिकार कायमै हुनुपर्ने अडानमा छन् ।उनीहरूले जिल्लामा साझा बस भित्रिए ग्रामीण भेकमा सञ्चालित सेवा ठप्प पार्ने धम्की दिएका हुन् । व्यवसायीको धम्कीका बाबजुद विभागले साझालाई परमिट दिने तयारी थालेको छ । ‘साझाले विभागसँग रुट परमिट मागेको छ,’ प्रवक्ता टोकराज पाण्डेले भने, ‘प्रक्रिया पुर्याएर आउनेलाई नियमअनुसार परमिट दिने कानुनी प्रावधान छ ।’ मिनिबस सेवा समितिअन्तर्गत १७ रुटका ३३७ गाडी सञ्चालनमा छ । भक्तपुर यातायातका अध्यक्ष ज्ञानेन्द्र महर्जनले भने, ‘साझा भित्रिए ग्रामीण रुट ठप्प पार्छौं । ग्रामीण भेकमा घाटा सहेर पनि यातायात सञ्चालन गरिरहेका छौं ।’
कोटेश्वरपूर्व बस समन्वय समिति अध्यक्ष बलराम त्वानाबासुले मिनी बस सेवा समितिले ४१ सिटे ४० बस आउन लागेको अवस्थामा काठमाडौंको रुटमा घाटा भएपछि साझालाई भक्तपुर चलाउन लागेको आरोप लगाए । साझाले जिल्लामा १० सुविधा सम्पन्न बस सेवा पुर्याउन विभागसँग रुट इजाजत मागेको जनाएको छ । कलंकी, त्रिपुरेश्वर, सुन्धारा, बानेश्वर, कोटेश्वर, जडीबुटी, सल्लाघारी, सूर्यविनायक, जगाती, कमलविनायक, ब्यासीसम्म चल्ने गरी अनुमति मागेको विभागले जनाएको छ ।साझाले हाल उपत्यकामा ४२ बसबाट सेवा दिइरहेको छ । जिल्लामा मिनी बस सेवा समिति, मध्य उपत्यका बस व्यवसायी संघ, पुरानो बाटो सद्भाव समिति, नयाँ बाटो सद्भाव समिति र उत्तरपूर्वी बस व्यवसायी संघले दैनिक करिब ९ सय बस सञ्चालन गर्दै आएको जनाएको छ । यात्रुले भने जिल्लामा सञ्चालित यातायातको मनोमानी नघटेको भन्दै भक्तपुरमा साझा सञ्चालनको माग गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा