सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हजुरबुबाको भौतिक शरीर पिताम्बरीले ढाकिएको । शवयात्री कोही केही बेर उदास वा चिन्तित देखिए कोही हजुरबुबा जिउँदा छँदा गरेका कर्मको व्यख्या गर्दै थिए । कोही छातीमा गुम्सेका भावना आँसु बगाउँदै थिए ।
हजुरबुबाको मृतदेहको शवयान काँधमा बोकुन्जेल उसले हजुरबुबा साथै रहिरहेको अनुभूत गरिराख्यो । साँच्चै भन्नु पर्दा बुढेसकालमा हजुरबुबा सबैभन्दा बढि उसैको नजिक थिए । जब विद्युतिय शवगृहभित्र हजुरबुबाको चिता जल्न थाल्यो हजुरबुबा अब फर्कने छैनन् भन्नेमा पूर्ण विश्वास भयो । उसको हृदयमा नमिठो झट्का लाग्यो । मन कुँडियो, भक्कानियो नचाहँदा नचाहँदै पनि आँशुका भल बगे ।
प्राय शवयात्री सबैका अनुहारमा संवेदनाका भाव थिए । कोही सहानुभूतिका शब्द लिएर आए । उता दुई आकृति नाटकिय अनुभूति प्रकट गरिरहेका थिए । मृत्यूबोधमा सुखको अन्तरिक प्रत्यक्षण उजागार गरिरहेका थिए ।
“हेर् त बुढी कति सजिलै सरक्क गए बुढा । हामीले गुहुमुत पनि सोर्नु परेन । भाग्यमानी नै सम्झनु पर्छ ।” फिस्स हाँस्दै पुरुष आकृति भन्दै थियो । महिला आकृति पनि हो मा हो मिलाई साथ दिइरहेकी थिइन् । स्तब्ध थियो – दुई आकृति उसैको मामा माइजुका थिए
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा