सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
६ चैत, काठमाडौं । राष्ट्रिय जनमोर्चाले राप्रपाको विधानबाट राजसंस्था र हिन्दु राष्ट्र सम्बन्धी वाक्यांश हटाउन निर्वाचन आयोगले दिएको निर्देशनको विरोध गरेको छ ।
‘निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘राजतन्त्र’ र ‘हिन्दू धर्म’ सम्बन्धी नीतिलाई बदल्न दिएको निर्देशनलाई हामीले गलत मान्दछौं र त्यो संविधानमा व्यवस्था गरिएको अधिकारको पनि विरुद्ध छ भन्ने हाम्रो मत छ,’ अध्यक्ष चित्रबहादुर केसीले आइतबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।निर्वाचन आयोगले राप्रपाको विधानका केही वाक्यांश संविधान र गणतन्त्रसँग मेल नखाएको भन्दै हटाएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा