सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । लुम्बिनी विकास कोषले पर्यटकका लागि नयाँ प्रवेश शूल्क तोकेको छ ।
कोषले वैशाख १ गतेबाट लागू हुने गरी नेपाली तथा विदेशी पर्यटकका लागि नयाँ प्रवेश शूल्क तोकेको छ ।
कोषले प्रवेश शूल्कमा नेपाली नागरिकलाई ५० रुपैयाँ तोकेको छ । यसमा विद्यार्थीका लागि ५० प्रतिशत छुट हुने कोषले जनाएको छ ।
रुपन्देही, कपिलबस्तु र नवलपरासी सुस्ता पश्चिमका नागरिकका लागि भने निशूल्क हुने छ । यसअघि नेपालीका लागि २० रुपैयाँ शूल्क लिँदै आइएको थियो ।
यसैगरी भारतीय नागरिकको लागि एक सय रुपैयाँ तोकिएको छ । यसअघि भारतीयका लागि ४० रुपैयाँ थियो । विद्यार्थीका लागि ५० प्रतिशत छुट अहिले निरन्तर दिइएको छ ।
सार्क राष्ट्रका नागरिकका लागि ३ सय रुपैयाँ पुर्याइएको छ । यस्तै तेस्रो मुलुकको नागरिकका लागि ६६ सय रुपैयाँ ताकेको छ ।
यसैगरी कोषले पर्यटकले लैजाने क्यामेरा शूल्क, भिडियो क्यामेरा शूल्क तथा छायांकन शूल्क पनि तोकेको छ । क्यामेराको हकमा नेपाली लागि पहिले ५० थियो अहिले १ सय, भारतीयका लागि पहिले ५० थियो अहिले १ सय, सार्क राष्ट्रका नागरिकको हकमा र तेस्रो राष्ट्रको हकमा पहिलो २ डलर थियो अहिले बढाएर ३ डलर तोकिएको छ ।
यसैगरी भिडियो क्यामेराको हकमा नेपाली र भारतीयका लागि पहिले ५ सय रुपैयाँ थियो भने अहिले बढाएर १ हजार र अन्य देशका नागरिकको हकमा २० डलरबाट बढाइएर २५ डलर तय भएको छ ।
छायांकनको हकमा नेपालीलाई पहिले ५ हजार थियो । अहिले बढाएर १० हजार पुर्याइएको छ । यता भारतीय र अन्य देशका नागरिकका लागि ५ सय डलरबाट बढाएर अहिले बढाएर ७ सय डलर तोकिएको छ ।
तर, भिक्षु, भिक्षुणी तथा ७० वर्ष माथिका नागरिक तथा १० वर्ष मुनिका लागि कुनै शूल्क नलाग्ने कोषले जनाएको छ । रुपन्देही, कपिलबस्तु र नवलपरासी सुस्ता पश्चिमका नागरिकले पनि परिचय खुल्ने कार्ड देखाउनु पर्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा