सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले माघ २३ गते आयोजना गर्न लागेको जनसभा नारायणहिटी दरवारको अगाडि गर्ने टुंगो लागेको छ ।
ओली नेतृत्वको नेकपा वागमती प्रदेश कमिटीले ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ जनसभा आयोजना गरेको हो । जनसभाका लागि उपयुक्त ठाउँ खोज्ने क्रममा नारायणहिटी दरबारको दक्षिण ढोकातर्फको सडकमा गर्ने तय भएको नेकपा बागमति कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार नारायणहिटीको गेटअघि मञ्च बनाएर कार्यक्रम गरिने छ ।
‘अरु स्थान साँघुरो भएको र धेरै मान्छे भेला हुन नसक्ने भएकाले हामीले नारायणहिटी अगाडिको सडकलाई रोजेका छौं, सवै जनता अटने गरी स्थान खोज्नुपरेको कारण नारायणहिटीदेखि घण्टाघरसम्मको सडकमा सभा हुनेछ,’ जनताटाइम्ससँग अध्यक्ष पोखरेलले भन्नुभयो, ‘अन्त जता गएपनि ३० हजार मात्रै अटछ, हामीले कम्तीमा २ लाख मान्छे अटने नारायणहिटी अगाडि नै हो, ट्राफिक अस्तब्यस्त नहोस, रत्नपार्क खुला होस भनेर पनि नारायणहिटी अगाडि रोजियो ।
पोखरेलका अनुसार सो सभामा काठमाडौंसहित प्रदेशका १३ वटै जिल्लाका नेता–कार्यकर्ता र समर्थकलाई सहभागी गराइनेछ ।
सो सभालाई प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले यसअघि नै जनसभा कस्तो हुन्छ ? माघ २३ गते काठमाडौंमा देखाउने घोषणा गरिसक्नु भएको छ । प्रधानमन्त्रीको सो घोषणासँगै बागमतिका अधिकांश नेता कार्यकर्ता तयारीमा जुटेका छन । सांस्कृतिक झाँकी, भेषभूषासहित जनसांस्कृतिक महासघबाट सांगीतिक प्रस्तुति दिइनेछ ।
प्रदेश कमिटीको यही माघ ६ गतेको बैठकले कमिटी पुनर्गठन गरी सचिव आनन्दप्रसाद पोखरेललाई अध्यक्ष र निवर्तमान सांसद लोहनीलाई सचिवमा चयन गरेको थियो । सभा सफलतापूर्वक सम्पन्न गर्न नेकपा काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।
यस्तै प्रदेशका सबै पालिकामा ३०१ र वडास्तरमा १०१ सदस्यीय, सम्पर्क समन्वय मञ्चको १०१ सदस्यीय र सबै जनवर्गीय सङ्गठनको यही माघ १५ गतेभित्र ५०१ सदस्यीय जनपरिचालन र कमिटी गठन गरिएको छ । राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकूद महासंघले स्वयम्सेवक परिचालन गर्ने तयारी अघि बढाइसकेका छन ।
माघ २३ गते माइतीघर मण्डला, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत स्थानबाट कलाकारसहितको सांगीतिक प्रस्तुति लिएर टोली जुलूसमा सहभागी हुनेछ । सभाको तयारीका लागि यही माघ २१ गते काठमाडौँमा मोटरसाइकल र्यालीसमेत गरिने अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । सो सभामा उपस्थित हुने सम्पुर्ण देशभक्त शक्तिलाई नेकपाले अपिलसमेत गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा