सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
COVID -19 ले विश्वमा महामारी रुपमा फैलिएको बेला फेरि बेलायतमा नयाँ प्रकारको कोरोना भाईरस( Variant Virus) नामक भाईरस बाट संक्रमित भएको पुष्टि अनुसन्धानले देखाएको छ। हाल सम्म उक्त भाईरस छिमेकी रास्ट्र भारत लगाएत क्यानडा, जापान , स्पेन, स्विडेन, अमेरिका, बेलायत तथा फ्रान्स मा फैलिएको छ। यो भाईरस पुरानो भन्दा धेरै संक्रमण रहेको छ भने घातक चाहि कम रहेको छै। साथै अहिले विकास हुदै गरेको कोरोना भाईरसको भ्याक्सिन यस (Variant Virus) मा पनि उत्तिकै नै प्रभावकारी हुने आशा गरिएको छ।
गर्मीको बेला स्पेनमा मानिसहरु स्ट्रेनमा घुमफिर गर्न जादा एक आपसमा धेरै संक्रमण/ फैलिएको पाईन्छ।
सुरुमा बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाईरस(Variant Virus) संक्रमीत हरु छिमेकी रास्ट्र भारत समेत देखिएको छ भने यता नेपाल सरकारले तुरुन्तै भारत-नेपाल सिमना बन्द गर्न आवस्यक देखिन्छ। उक्त नयाँ प्रकारको कोरोना भाईरस नियन्त्रण तथा फैलिन नदिन नेपाल सरकारले समय मै कदम चाली विभिन्न ठाउँमा दक्ष स्वास्थ्य कर्मी जनशक्ति खटाई साथै आधुनिक उपकरण सहित स्थानीय तह, प्रदेश तथा केन्द्र सरकार आपसमा समन्वय गरि बिदेश बाट फरिएका नेपाली दाज्युभाई आमाबुवाहरु तथा दिदिबहिनी हरुलाई परिक्षण साथै क्वारेन्टाइनमाको व्यवस्था गर्न अनुरोध गर्दछु।
हाल बेलायत बाट नेपालमा फर्किएका मध्ये पाच जनामा उक्त नामक को कोरोना भाईसर संक्रमीत देखिएको थप अनुसन्धान तथा परिक्षण भईरहेको बेला आमा नेपाली हरुले लाफरर्वाही नगर्न विन्रम अनुरोध गर्द्छु।
नेपाल सरकारले बेलायत बाट नेपाल आउनको लागि पुर्ण रुपमा प्रतिबन्ध लगाईसकेको छ। साथै भारत चीनका सिमानाहरु लाई पनि समय मै बन्द गराउनु पर्दछ। समय मै सरकारले ख्याल नगरे पछि ठूलो क्षति भोक्नु पर्न सक्छ।
इङ्ग्ल्यान्डमा देखा परेको कस्तो प्रकारको हो ?
हालै इङ्ग्ल्यान्डको दक्षिणपूर्वी भागमा देखा परेको कोरोनाभाइरसको नयाँ स्ट्रेन अर्थात् प्रकार पुरानोभन्दा धेरै सङ्क्रामक भएको वा थप घातक भएको वा खोपप्रतिरोधी भएको कुनै स्पष्ट प्रमाण फेला परेको छैन।
भाइरस म्यूटेशन भएर चाँडो र धेरै फैलिएको हुनसक्छ।
नयाँ प्रकारको कोरोना भाईरसको परिक्षण नेपालमा हुन सक्ला ?
सबै बिज्ञहरु तथा अनुसन्धानकर्ताहरु सहकार्य गर्न सकियो भने नेपालमै परिक्षण गर्न सकिन्छ।
नयाँ प्रकारको कोरोनाभाइरस बेलायत बाट विभिन्न देशमा फैलिएलगत्तै कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक एक पटक बसेको थियो।
भारतमा समेत देखिएपछि सीसीएमसीको थप बैठक छिट्टै बसेर थप निर्णय लिने बताइएको छ।
अहिले पनि नेपालीहरूलाई प्रवेशका लागी भारतसँगका १४ वटा नाका खुला रहेका र ती नाकामा बेलैमा सतर्कता अपनाउन नसके छिटो फैलिन सक्ने नयाँ प्रकारको कोरोनाभाइरसले नेपालमा सङ्क्रमण फेरि बढाउन सक्ने कतिपयको चिन्ता छ।
बेलायत बाट नेपाल फर्किएका ब्यक्तिहरुको अबस्था कस्तो छ ?
उनिहरु हाल होटेलमा क्वारेन्टाइनमा बसेका छन् थप परिक्षण गरि समय मै नियन्त्रण गर्नु पर्ने जरुरी देखिन्छ।
परीक्षण भएकामध्ये पाँच जनामा कोरोनाभाइरस पुष्टि भएको र त्यो नयाँ प्रकारको कोरोनाभाइरस भए/नभएको थप परिक्षण गरि मात्र थाहा पाउन सकिन्छ।
कसरी भारत तथा अन्य देशमा रहेका नागरिक लाई सुरक्षित उद्दार गर्न सकिन्छ ?
भारतमा रहेका नागरिक नेपाल आउने चाहानेहरुको नामावली तयार गर्ने। भारतको कुन स्थान बाट देखि नेपालको कुन प्रदेशको पालिका सम्म नेपाल सरकारले भारतमा रहेको राजदुतावाले तिनि नागरिक रहेको स्थानिय अस्पताल र पुलिस संग समन्वय गरि भारतको स्थानीय तह बाट RTD परिक्षण गराउने कुनै लाई पोजेटिभ( कोरोना देखियो) भने संक्रमित ब्यक्तिलाई त्यहीँ आईसोलेसन मा राख्ने अन्य लाई बस मा राखी नेपालको बौडर सम्म ल्याउने। तिनीहरु लाई नेपालमा प्रवेश गराउनु भन्दा पहिला फेरी RTD परिक्षण गराउने कोरोना देखिएका लाई त्यहीँ राम्रो संग आईसोलेशनमा राखी थप उपचार तथा परिक्षण गराउने निरन्तर अवलोकन अथवा सम्पर्कमा रहने। संक्रमण नदेखिएको लाई नेपालको बसमा राखी बस को सबै ठोका तथा झाल बन्द गराई कतै नखोली दिशा पिशाब गराउनु पर्यो भने पनि करिब ५ किलोमीटर दुरीमा रहेको सुनशान जङ्गलमा गराउने दिशा तथा पिसाब, र्याल, खकार फालेको ठाउँमा माटोले तोड्ने यसरी प्रत्येकको स्थानीय तह सम्म पुराउने। अहिले हाम्रोमा क्वारेन्टाइन गाउँको नजिकको बिधालयमा बनाएको छ यो नै सबै भन्दा खतरानाजनक हो। हाम्रो नेपालमा हिमाली भाग जहाँ ५-७ किलोमीटर सम्म नजिक कुनै को बासस्थान छैन् त्यो ठाउँमा राज्यले WHO को मापदण्ड अनुसार क्वारेन्टाइन बनाउनु पर्छ बाहिर देशबाट आएका नागरिक लाई त्यही थप परिक्षण तथा उपचार गराउनु पर्दछ ।
प्रश्न यो पनि आउन सक्छ राज्यले १० लाख भारत बाट आउने नागरिकको प्रत्येक लाई कसरी परिक्षण गराउन सक्छ ? मेडिसियन स्यान कम्पनीका अनुसार RTD परिक्षण गरेको $5 अथवा रु. ५२० रहेको छ। भने
जम्म खर्च ५००*१०,००,०००= रु. ५० करोड खर्च हुन जान्छ। तिनी हरु उद्धार गर्न लाग्ने अन्य खर्च रु २० करोड, क्वारेन्टाइन बनाउन २० करोड, व्यबस्थापन गर्न १० करोड जम्म रु. १ अर्ब हुन जान्छ। आफ्ना देशका नागरिक लाई सकुशल उद्धार गर्न लाग्ने १ अर्ब लाई पनि कहाँ बाट ल्याउने भन्छ भने राज्यले, २ करोड ८० लाख नागरिकले प्रत्येकले रु ४० मात्र उठाए पनि यो अनुकरणीय मानविनिय काम गर्न सकिन्छ। राज्य किन मोन छ?
खर्बौ भस्ट्रचार गर्न हुन्ने आफ्नो देशका नागरिक लाई उद्धार गर्न १ अर्ब खर्च गर्न नसक्ने ? परिक्षण गरेर कम्तीमा २१ दिन क्वारेन्टाइनमा राखेर निरन्तर परिक्षण गरि सक्य पछि त्यस्तो कुनै किसिमको लक्षण देखिएन भने नागरिकहरु लाई आ-आफ्नो घर पठाउन सकिन्छ। यसरी गर्दा अन्य देशबाट आएका नागरिकहरुले गर्दा स्वदेशमै भएका नागरिकहरु लाई संक्रमण हुने न्युन रहन जान्छ। हरेक नागरिकको कान सम्म पुग्ने संदेश मुलक आवाज केन्द्र सरकर देखी स्थानीय सरकार सम्म जनचेतना मुकल संदेश पठाउनु पर्छ। गाउँको बिधालयमा बनाएको क्वारेन्टाइन लाई हिमाली पहाड अथवा ५-८ किलोमीटर वासस्थान नभएको स्थानमा क्वारेन्टाइन बनाउनु पर्दछ। कोरोना भाईरस ब्यक्तिको सम्पर्क मात्र नभेर हावाको माध्यम बाट पनि केही दुरी सम्म सजिलै सर्ने भएकोले बिधालयका क्वारेन्टाइन तत्काल अन्य क्षेत्रमा सार्न सकिन्छ। स्वास्थ्य कर्मी तथा सुरक्षा कर्मीहरु लाई अत्याधुनिक पोशाकको (PPE) राज्यले तुरुन्तै उपलब्ध गराउनु पर्दछ कोरोना बिमा भन्दा पनि PPE महत्त्वपूर्ण रहेको छ।
स्वदेशमै रहेका नागरिक अथवा जोखिम क्षेत्र रहेका आ-आफ्नो पालिकाले आफ्नो नागरिको RDT परिक्षण गराउनु पर्दछ। पोजेटिभ देखिएकोहरु लाई आईसोलेशनमा थप परिक्षण तथा उपचार गराउने । सबै नागरिक र सरकार एक झुट भएर यो सकट बाट मुक्ति गराउनु पर्छ। धेरै विकल्प रहेको छन जस मध्य सरकारले भाईरोलोजिस्ट, इपिडिमोलोजिस्ट, फार्मास्टि, ल्याब्रोलोजिस्ट, आयुबेर्दिक बिज्ञ र अनुसन्धानकर्ता तथा बैज्ञानिकहरु लाई समाबेश गरि तत्कालको लागि एउटा अनुसन्धान केन्द्र स्थापना गरि COVID 19 को बारेमा गम्भीर भएर अनुसन्धान गराउन लगाउनु पर्दछ। अथवा नेपाल हेल्थ रिसर्च परिषद् तथा सरुवा रोग टेकु र अन्य औषधि उत्पादन कम्पनी संग सहकार्य गरि COVID 19 को औषधि तथा भेक्सिन बिकास गर्न सकिन्छ
अन्तरास्ट्रिय युवा बैज्ञानिक अवार्ड विजेता, २०१४ पेरिस फ्रान्स
राष्ट्रिय युवा प्रतिभा पुरस्कृत तथा सम्मानित २०१७, नेपाल सरकार
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा