सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ । लोकप्रिय मोडल तथा गायिका नेहा कक्कर गर्भवती भएकी छिन् । उनले यो खबर सामाजिक सञ्जालमार्फत शेयर गर्दै आफु आमा बन्न लागेको कुरा सेयर गरेकी छिन् ।
उनी गर्भवती भएको समचार भारतिय मिडिया आजतकले तस्विरसहित प्रकाशित गरेको छ ।
तस्विरमा उनले बेबी बम्म स्पष्ट देखिनेगरी खिचाएका तस्विरहरु पोष्ट गर्दै आफ्ना फ्यानलाई आफु गर्भवती भएको जानकारी दिँदै खुशी साटेकी छिन् ।
विवाह गरेको २ महिना पनि नपुग्दै गर्भवती बनेकी नेहाका गर्भवती अबस्थाका तस्विर सार्वजनिक भएपछि उनका फ्यानले उनलाई ट्रोल गरेका छन् ।
नेहाले पति रोहनसँगको एक तस्वीर शेयर गर्दै आमा बन्न लागेको भन्दै खुशीको खबर साटेकी हुन् । नेहाले सामाजिक सञ्जालमार्फत रोहनलाई भनेकी छिन् – अब मेरो ख्याल राख्ने गर ।
तस्विरमा नेहासंगै देखा परेका नेहाका पति रोहनले पत्निको अझै ख्यान गर्नु पर्ने बेला आएको भन्दै क्याप्सन लेखेका छन् । नेहाले तस्विर सार्वजनिक गरे लगत्तै विबाह गरेको २ महिनामा र्नै गर्भवती बनेको भन्दै फ्यानले ट्रोल गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा