सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कोभिड–१९ विरुद्धको खोप विकास गरी अन्तिम चरणको परीक्षण गरिरहेको अमेरिकी औषधि कम्पनी मोडेर्नाले अमेरिका र युरोपमा उक्त खोप प्रयोग गर्ने अनुमति मागेको छ ।
अर्को अमेरिकी कम्पनीले फाइजरले उसैले विकास गरेको कोरोना खोप प्रयोगको अनुमति माग्दै यसअघि नै सम्बन्धित निकायमा आवेदन दिइसकेको छ ।
मोडेर्नाले उक्त खोप क्लिनिकल परीक्षणमा ९४.१ प्रतिशत प्रभावकारी पाइएको भन्दै सर्वसाधारणमा प्रयोगका लागि अनुमति मागेको हो ।
कम्पनीले अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) सँग आपतकालीन प्रयोग स्वीकृति र युरोपेली बजारमा बजारीकरणको लागि ससर्त अनुमति मागेको जनाएको छ ।
अमेरिका सबैभन्दा बढी कोभिड–१९ बाट संक्रमित र मृत्यु भएको मुलुक हो । अमेरिकामा कोभिड–१९ संक्रमितको संख्या एक करोड ३७ लाख ५१ हजारभन्दा बढी छ भने दुई लाख ७३ हजारको मृत्यु भएको छ ।
अमेरिकापछि बढि सङ्क्रमण रहेका मुलुकहरू भारत, ब्राजिल, रूस, फ्रान्स, स्पेन, बेलायत, इटली र अर्जेन्टिनालगायत रहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा