सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले सर्वसाधारणलाई सेयर बिक्री गर्ने भएको छ । वास्तविक क्षेत्रलाई सेयर बजारमा ल्याउने लक्ष्यसाथ सरकारले अगाडि बढाएको नीतिअनुसार काठमाडौं उपत्यकामा केबलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले साधारण सेयर बिक्री गर्न लागेको हो ।
सो कम्पनीले मंसिर १७ गतेदेखि साधारण सेयर बिक्री गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साधारण सेयर बिक्रीका लागि अनुमति दिइसकेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीलाई सेयर बिक्री गर्ने भएको छ । विवरणअनुसार पहिलो चरणको साधारण सेयर बिक्री छिटोमा आगामी पुस १ गतेसम्म र ढिलोमा आगामी पुस १६ गतेसम्म हुनेछ ।
कम्पनीले आयोजना प्रभावितका लागि प्रतिसेयर सय रुपैयाँका दरले तीन लाख ३ हजार ८१९ कित्ता बिक्री गर्नेछ । आयोजना प्रभावित क्षेत्रमा काठमाडौं जिल्लाअन्तर्गत चन्द्रागिरि नगरपालिका ३, ४, ६ र ७ साबिक थानकोट गाविसका सम्पूर्ण वडा र साबिक महदेवस्थान गाविसको वडा नं ३, ४, ५, ६, ७, ८ एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं ९ र १० छन् ।
बिक्री प्रबन्धकका अनुसार कम्पनीको साधारण सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम तीन हजार ६० कित्तासम्म आवेदन दिन सकिनेछ । यस्तै दोस्रो चरणमा आम सर्वसाधारणका लागि १५ लाख ३४ हजार ९१ कित्ता सेयर बिक्री गरिनेछ ।
कम्पनीले सर्वसाधारण र स्थानीयवासीलाई गरी कुल १८ लाख ४० हजार ९१० कित्ता सेयर बिक्री गर्नेछ । धितोपत्र बोर्डबाट कम्पनीले १८ करोड ४० लाख बराबरको साधारण सेयर बिक्रीका लागि अनुमति पाएको छ ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्याटिल रहेको छ । साधारण सेयर बिक्री पछि कम्पनीको कूल चुक्तापुँजी एक अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीमा ८८५ जनाको संस्थापक लगानी रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा