सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मकतुमकी राजकुमारी पत्नीले आफ्नै बडिगार्डसँग अबैध सम्बन्ध राखेकी थिइन । राजकुमारी हयााले बडिगार्डलाई आफनो अबैध सम्बन्ध लुकाउनको लागी करीब २० करोड रुपैयाा पनि दिएकी थिइन् । ब्रिटेनको अदालतमा चलेको सुनुवाईको आधारमा डेली मेलले यो दावी गरेको हो । दु्बईका शासकले राजकुमारी हयालाई कुनै जानकारी बिना नै शारिया कानुन अन्तर्गत फेब्रुवरी २०१९ मा सम्मबन्ध विछेद गरेका थिए ।
रिपोर्टको अनुसार, राजकुमारी हयाको बडिगार्ड विवाहित थिए । तर सम्बन्धको कारण बडिगार्डको पनि सम्बन्ध विछेद भयो । राजकुमारी हयाले यहि कारण दुबई छोडिसकेकी छिन र हाल उनी बेलायतमा बस्दै आएकी छिन् । बच्चाको जेललाई लिएर राजकुमारी हयाले बेलायतको अदालतमा मुद्धा दर्ता गरेकी थिइन र हयाको पक्षमा निर्णय आएको थियो ।
राजकुमारी हया आफनो बडिगार्डलाई महंगो महंगो गिफ्ट दिने गर्थिन जसमा १२ लाखको घडि र ५० लाखको बन्दुक पनि पर्दछ । राजकुमारी हया दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मकतुमकी छैटौ सबैभन्दा कम उमेरकी पत्नी रहेकी थिइन । बडिगार्डसँग राजकुमारी हयाको अवैध सम्बन्ध २०१६ देखी चल्दै आएको थियो र बडिगार्डले हयाको लागी पुरै काम गर्ने गर्दथ्यो ।
रिपोर्टका अनुसार, ४६ सालकी राजकुमारी हयको बेलायतका ३७ बर्षिय बडिगार्ड रसेल फल्वारसँग सम्बन्ध करिब २ बर्षसम्म चलेको थियो । यो पनि भनिएको छ कि राजकुमारी हयको यी बडिगार्ड बाहेक अन्य ३ बडिगार्डसँग पनि अवैध सम्बन्ध बनाएकी थिइन र उनीहरुलाई पनि चुप बस्नको लागी करौडौँ रुपैया दिने गरेको खुलेको छ ।
राजकुमारी हया २०१८ मा दुबईबाट भागेर लण्डनमा बस्दै आएकी छिन् । उनी २ बच्चाकी आमा हुन् । डेली मेलको रिपोर्ट अनुसार, बडि गार्ड रसेलले पनि यो बिषयमा कुनै प्रतिक्र्रिया दिएनन् । राजकुमारी हयाले पनि रसेलसँगको आफनो सम्मबन्धसँग जोडिएका केही दावीहरुलाई अस्विकार गर्दे आइरहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा