सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर अनुरुप उत्पादन नभएको तीन सय टन फलामे रड नष्ट गरेको छ । विभागले जगदम्बा स्टिल प्रालि बाराको उत्पादन १६ एमएम साइजको फलामे डण्डी नेपाल गुणस्तर अनुरुप नभएपछि बजारमा पठाएको र उद्योगमा रहेको तीन सय टन फलामे रड आज नष्ट गरेको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जगदम्बा स्टिल प्रालिबाट उत्पादित १६ एमएमको फलामे डन्डी नेपाल गुणस्तर अनुरुप नरहेकाले उत्पादित डन्डी संकलन गरी नष्ट गरिएको जानकारी दिए । विभागले असोज ४ गतेदेखि कात्तिक २ गतेसम्म उक्त डन्डी नष्ट गरेको हो ।
विभागले गरेको बजार अनुगमनका क्रममा उक्त डन्डी नेपाल गुणस्तर अनुरुप नभएपछि भदौ २६ मा नेपाल गुणस्तर प्रमाण चिह्न ऐन, २०३७ तथा नियमावली २०४० को नियम (१६) अनुसार कारबाही प्रक्रिया अघि बढाएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा