सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । बिहीबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ९५ हजार ७ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा २ सय रुपैयाँले नै बढेर ९५ हजार २ सय रुपैयाँ पुगेको छ ।
चाँदीको भाउ भने आज तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १२ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार ६२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा