सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । इन्फिनिक्सले नयाँ नोट ७ सिरिज नेपाली बजारमा ल्याएको छ । बजारबाट सकारात्मक प्रतिक्रिया पाएको यस फोनको बिक्री र ग्राहक सन्तुष्टीले उल्लेखनिय प्रतिफल प्राप्त गरेको विश्वास लिइएको छ । यसैलाई मध्यनजर गर्दै अझ विविध विशेषता सहितको नोट ७ को अको संस्करण (६ जिबी र १२८ जिबी) लाइ निकै नै प्रतिस्पर्धात्मक नेपाली मुल्य २३ हजार ९०० मा बजारमा भित्राएको छ । इन्फिनिक्सका लागि नेपालको वितरक ओला इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेडले यस फोन Forest, Green र Bolivia Blue कलर सहित रिफ्लेक्टिभ ग्लास मा उपलब्ध रहेको जानकारी दिएको छ ।
लामो समयको प्रतिक्षा पश्चात् इन्फिनिक्सको नोट ७ अन्तत् बजारमा भित्रिएको छ । मोबाइल फोटोग्राफीमा आफ्नो छुट्टै इतिहास कायम गरिसकेको इन्फिनिक्सको यस फोनको प्रतिक्षाको मुख्य कारक पनि यस फोनको क्यामरा हो । यस इन्फिनिक्स नोट ७ मा ४८ MP quad Low-light क्यामरा रहेको छ । समय र यसको माग अनुरुप इन्फिनिक्सले आफनो फोनको क्यामरा र भिडियोलाइ परिमार्जित गरि अझ स्तरिय बनाएको छ । उच्चस्तरिय क्यामराको साथै यस फोनमा High speed helio G70 processor, 5000mAh ठुलो ब्याटरी सहित High speed helio G70 processor, 5000mAh भएकोले तपाइको तस्बीरलाई अझ सुन्दर बनाउदछ ।
बहुमुखी ४८ Mega pixel quad camera र लो लाइट क्यामरा टेक्नोलोजी भएकोले नै यो फोन बिक्रीको मुख्य कारण रहेको जनाइएको छ । यसका साथै यसमा रहेको अन्य विविध विशेषताल पनि यस फोनलाइ यसको प्रतिस्पर्दी माझ अग्रपंत्तीमा राखेको छ ।
यस फोनमा रहेको बहुमुखी क्यामराको विशेषताले यस फोनलाइ जस्तोसुकै लाइट अवस्थामा पनि उच्च प्रतिफल दिने छ भने साथसाथै यसमा रहेको क्वाड क्यामरा र विविध सेन्सरले ग्राहकलाइ उच्च प्रतिफल प्राप्त गर्ने विश्वास कम्पनिले लिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा