सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केहि महत्वपूर्ण निर्णय गर्दै राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न गरेको छ ।
अध्यक्षत्रय पशुपति शमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीसहित सहभागी बैठकले दल दर्ताको लागि निर्वाचन आयोगमा जाने भएको नेता जनकाराज पाठकले बताए ।
दल दर्ताको लागि निर्वाचन आयोगमा राजसंस्थासहितको हिन्दूराष्ट्र मूल लक्ष्य, साविकको राप्रपाको विधान हाल एकीकृत राप्रपा अन्तरिम विधान कायम गरिने, पार्टीको एकता महाधिवेशन आगामी बैशाखको २५ देखि २८ सम्म काठमाडौँमा हुने, राप्रपाको झण्डा साविकको राप्रपाले प्रयोग गरिरहेको गाई अंकित झन्डा रहने र चुनाव चिन्ह साविकको राप्रपा (संयुक्त) ले प्रयोग गरेको हलो हुने वैठकले निर्णय गरेको छ ।
वैठकपछि अध्यक्षत्रयले मुलुकमा नयाँ राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको उदय भएको भन्दै सबैलाई वधाई तथा शुभकामना भनेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा