सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सि । बलिउड फिल्म सडक २ को ट्रेलर विश्वको तेस्रो सबैभन्दा धेरै मन नपराइएको भिडियो बन्दै भारतमा यूटयूबमा सबैभन्दा धेरै डिसलाइक पाउने भिडियो बनेको छ । सडक २ को ट्रेलरले यो समाचार तयार पार्दासम्म १.११ करोड डिसलाइक पाइसकेको छ ।
विकिपिडियाको अनुसार, सबैभन्दा मन नपराइएको दोस्रो गित पप स्टार जस्टिन बीबरको गित बेबी समावेश छ जसले १.१६ करोड डिसलाइक पाएको छ र पहिलो स्थानमा १.८२ करोड डिसलाइकसँगै यूटयूबद्धारा पोस्ट गरिएको २०१८ रीवाइन्ड भिडियो छ ।
१२ अगस्टमा जारी गरीएको सडक २ को ट्रेलरमा नेपोटिज्मलााई बढावा दिएको भन्दै सोशल मिडियामा धेरै नै ट्रोल गरिएको छ । जुन मा बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मुत्यु पछि देखी नै यो मुद्धा चर्चामा छ ।
महेश भट्टको यो फिल्ममा उनका २ जना छोरी अलिया भट्ट र पुजा भट्ट छन भने साथमा संजय दत्त र निर्माता सिद्धार्थ राय कपुरका भाई आदित्य राय कपुर पनि छन् ।
जुलाईमा सुशांतको परिवारद्धारा बनाइएको नेपोमीटर मा सडक २ को ९८ प्रतिशत नेपोइस्टिक बताइएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा