सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । नेपाली कांग्रेस रौतहटका युवा नेता नितिश कुमार गुप्ताले प्रदेश २ को सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् ।
बुधबार (आज) सेतोखबरका संवाददाता अब्दुल सामदसँग कुरा गर्दे गुप्ताले प्रदेश २ का धेरै जिल्लामा अहिले कोरोनाले महामारीको रुप लिइरहेको बेला पनि प्रदेश सरकार भने कमाउ धन्दामा लागि परेको बताएका हुन् ।
गुप्ताले रौतहट जिल्ला अस्पतालमा कोरोना परीक्षणको लागि पिसिआर परिक्षणको लागी आवश्यक स्वास्थ्य सामाग्री खरिद गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराएका छन् । तिब्र रुपमा फैलिरहकेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागी र संक्रमितको उपचार समयमा नै गर्न गराउनको लागी परिक्षणको दायरा बढाउदै रौतहटको प्रत्येक घरघरमा टेस्ट गर्न आवश्यकता रहेकोे तर्क गरेका छन् ।
कोरोना भाइरस रोकथामको लागी केन्द्रिय सरकार , प्रदेश सरकार र स्थानीय सरकारले टेस्टिङ मेसिन, पिसिआर किट, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), क्वारेनटिन, आइसोलेसन, भेन्टिलेटर जस्ता अति आवश्यक सामग्रीहरूको व्यवस्थापन गर्न नसकेको भन्दै ब्यापक आलोचना गरेका छन् ।
उनले तराई मधेसको जिल्ला रौतहटमा समेत जोखिम अवस्था गम्भीर बन्दै गएको बताउदै छिटोभन्दा छिटो सरकारले ठोस कदम चाल्नु पर्नेमा जोड दिएका छन् । गुप्ताले रौतहटका जनताहरु हरपल चिन्ताजनक अवस्थामा बाँचिरहेकाले
सरकार भएको आभास दिन तिनै तहको सरकार समक्ष अनुरोध पनि गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा