सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । कोभीड–१९ कोरोना भाईरस बाट नेपाली जनताहरु पीडित भएको र हाम्रो देशमा दिनप्रतिदिन सयौंको संख्यामा संक्रमीत बढी रहेकोे छ । नेकपा भित्रको आन्तरिक विवादले कम्युनिष्ट सरकारका प्रधानमन्त्री केपि शर्मा ओलिले दुई तिहाईको दम्भमा संसद अधिवेशन अन्त्य गरेका छन् ।
उनले आफ्नो शासन सत्ता पद जोगाउन विभिन्न बहाना बाजि गर्दै पार्टीको आन्तरिक विवादबाट बच्न र नेपाली जनताका भावना विपरीत कार्य गरि रहेका छन् ।
विभिन्न अन्तर्राष्ट्रिय शक्तिको चलखेल भयो आरोप लगाई रहेकोे छ ।
ओलिले जहिले पनि खोक्रो राष्ट्रवादको नारा लगाएर देशमा अधिनायकवादी बाटो अपनाउदै एकल रुपले तनशाही शैईली बाट सरकार चलाएको देखिन्छ ।
ओलि आफ्नो निजि स्वार्थकोको लागि सार्वभौम संसदमा चलिरहेको महत्त्वपूर्ण संसद अधिवेशन सरकारले अन्त्य गरिदिएका छन् ।
अन्तर्राष्ट्रिय स्तरमा अध्ययन शिल र जोश भएको युवा पुस्ताले देश चलाएको देखिन्छ र हाम्रो देशमा अस्वास्थ अवस्था पनि हुँदा पनि कुर्सी सता र पदको लोभमा जस्तोसुकै अवस्था सरकारको नेतुत्व गरि रहेकोे देखिन्छन् ।
जनताको भाबना विपरीत संसदको बजेट अधिवेशन अन्त्यले सिंगो संसद लाई कम्युनिष्ट सरकारले केटाकेटीको खेल जस्तो व्यहवार गरिनु परकाष्टा भएको नेता गुप्ता ले बताएका छन ।
असल राजनीति कर्मीले देश वर्तमान अवस्थालाई विचार गरि मात्रै देशको हितमा कुनै पनि कदम चाल्नु पर्छ ।
यहाँ हाम्रो देशमा शासन सताको लडाई व्यक्तिगत स्वभिमानीको लागि पद जोगाउन दम्भ देखाई संसद अधिवेशन अन्त्य भएको छ ।
कम्युनिष्ट सरकारका प्रधानमन्त्री आफ्नो सिद्धान्त र कर्तव्य बाट पछी हटेर संसद अधिवेशन अन्त्य गरेर देशमा अधिनायकवादी बाटो अपनाई निरंकुशताको शैलीबाट कार्य गर्नु घोर निन्दनीय कार्य हो ।
नेपाली कांग्रेस रौतहटको चर्चित युवा नेता नितिश कुमार गुप्ता संग सेतोखबरडटकमका अब्दुल सामदले गरेको कुराकानीमा आधारित
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा