सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन । पत्रकार शालिग्राम पुडासैनीकाे आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा अस्मिता कार्कीको बयान लिएर सकिएको छ ।
बाँकी रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको भने सोमबार बिहान १० बजेबाट बयान लिन सुरु गरिने चितवन प्रहरीले जनाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरेर आइतबार बयान लिन सुरु गरेको थियो ।
पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनले १० दिन लगाएर अनुसन्धान सकेर आइतबार बिहान सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
एक नम्बरका न्यायाधीश हेमन्त रावलको इजलासमा बयान सुरु भएको हो ।
थुनछेक बहस सकिएपछि मात्रै अदालतले प्रतिवादीहरुलाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने, धरौटीमा छाड्ने या साधारण तारेखमा छाड्ने भन्ने आदेश जारी गर्ने छ ।
अदालतले आदेश जारी नगर्दासम्म तीनै जना प्रहरीको हिरासतमै रहनेछन् ।
यो पनि पढ्नुहोस्:
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा