सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । जनअधिकार अभियान नेपालले शुक्रबार बिराटनगरमा आयोजना गरेको ‘वर्तमान राजनीतिक यथास्थिती र मानव अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्तामा बसेकाहरुबाट नै गणतन्त्र र संघियतामाथी खत्तरा बढेको बताएका छन्।
नेता कोइरालाले केही दिन अगाडी बालुवाटारमा बसेको सर्बदलीय बैठकलाई लक्षित गर्दै भने, ‘पूर्व राजा र बिप्लव समुहबाट गणतन्त्रमाथि खतरा बढ्यो भनेर निष्कर्ष निकालिएछ, यो भन्दा हॉसो उठ्दो कुरो के हुन्छ ? कसरी खतरा बढ्यो पूर्व राजा र विप्लव समुहबाट ? खतरा त तपाईंहरुबाट बढेको छ, जो अहिले राज्य सत्तामा हुनुहुन्छ।’
उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता कोइरालाले कम्युनिष्टहरु व्यवस्था परिवर्तन या संसदीय व्यवस्थाको विकल्प खोज्ने तर्फ लाग्ने हो भने त्यो कम्युनिष्टहरुकै लागी दुर्भाग्य हुने चेतावनी दिएका छन् ।
नेता कोइरालाले कम्युनिष्ट नेताहरुप्रती लक्षित गर्दै भने, ‘संसदीय व्यवस्था विरुद्धको लडाईमा लाग्नुहुन्छ भने यो व्यवस्था जोगाउन हामी पनि जस्तोसुकै लडाई लड्न पनि तयार छौँ ।’
यसैक्रममा, डा. कोइरालाले विप्लव समुहलाई वार्ता गरेर राजनैतीक प्रक्रियाबाट मुलधारमा ल्याउनुको विकल्प नभएको बताए । कोइरालाले राज्यले निषेधको बाटो अपनाएर देशमा द्वन्द्व निम्त्याउॅन खोजेको समेत बताएका छन् ।
उक्त कार्यक्रमको अवसरमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, पुर्व सांसद एकराज भण्डारी, नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किंराती, पत्रकार एवं बाम विष्लेषक नरेन्द्रजंग पिटरलगायतले देशमा अब संसदीय व्यवस्था आवश्यक नरहेको जानकारी दिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा