सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ताप्लेजुङ । ताप्लेजुङमा रहेका सुकेटार विमानस्थलबाट बाह्रै महिना उडान हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुकेटार विमानस्थलबाट बाह्रै महिना उडानका लागि प्रयासरत रहेको बताएका छन् ।
मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला ताप्लेजुङ पुगेका भट्टराईले बिहीबार बिहान विमानस्थलको निरीक्षण गर्दै नियमित उडानका लागि विमानस्थलको सुधार तथा स्तरोन्नती गरिने जनाइएका छन् ।
मन्त्री भट्टराईले विमानस्थलको दुबै भागबाट विमान अवतरण गर्न सक्ने गरि स्तरोन्नती गर्ने र मौसम सफा नहुँदासमेत उडान गर्न सकिने गरी उपकरण जडान गर्ने बताएका छन् ।
मन्त्री भट्टराईले तराईका केही विमानस्थलमा पनि यस्ता उपकरण जडानको तयारी भइरहेको र यसलाई अन्य क्षेत्रमा समेत विस्तार गर्दै लगिने बताएका छन् ।
सुकेटार विमानस्थल मौसम खराबीकै कारण हरेक वर्षको असारदेखि असोजसम्म नै उडान अवरुद्ध हुने गरेको छ। यस विमानस्थलमा नेपाल वायु सेवा निगमले उडान गर्दै आएको छ भने, गएको असारदेखि मौसम खराबीकै कारण उडान अवरुद्ध भइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा