सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैतडी । बैतडीमा पनि आजदेखि सुरु भएको माध्यमिक शिक्षा परिक्षा एसइइ ग्रेड वृद्धि परीक्षाको केन्द्र अपायक भएको परिक्षार्थीले गुनासो गरेका छन् । जिल्लामा ५ ओटा केन्द्र मार्फत एसइई ग्रेड वृद्धि परीक्षा सञ्चालन भईरहेको भएपनि केन्द्र अपायक हुँदा समस्या भएको परीक्षार्थीहरुले बताएका हुन् । शिक्षा विकास तथा समन्वय इकाइले यो बर्षदेखि देहीमाण्डौं र पाटनमा केन्द्र राखेपनि कतिपय ठाउँका विद्यार्थीहरुका लागि अझै केन्द्र अपायक परेको गुनासो आएको हो ।
सुर्नया गाउँपालिकाका ८ का परिक्षार्थी रामबहादुर बोहराले जगदम्बा मावि रानीबुंगा पुग्न निकै कठीन भएको बताउनुभयो । शाहीलेक बसेर बिहान ८ बजे रानीबुंगा पुग्न निकै सकसपूर्ण भएको बोहराको भनाई रहेको छ । सुर्नया गाउँपालिका र डिलाशैनी गाउँपालिकाका विद्यार्थीहरुका लागि जगदम्बा मावि रानीबुंगा केन्द्र अपायक परेको परीक्षार्थीहरुले गुनासो गरेका छन् । विद्यार्थीहरुले सदरमुकाममा बसेर रानीबुंगा केन्द्रमा पुग्न निकै समस्या हुने गरेको स्थानीय अभिभावक तथा नेपाल तरुण दल बैतडीका उपाध्यक्ष महेश भट्टले बताउनुभयो । सदरमुकाममा खान बस्नको समेत राम्रो व्यवस्था नहुँदा विद्यार्थीहरुलाई धेरै समस्या भएको छ उहाँले भन्नुभयो, “संघीयता आएपछि सबै सेवा सुविधा गाउँमा पुर्याएको दाबी गरेपनि एसइई ग्रेड वृद्धि परीक्षाका लागि सम्बन्धित पालिकाहरुमा व्यवस्थापन गर्न नसक्नु दुखद हो ।”
एसइई ग्रेड वृद्धि परीक्षामा सहभागी परीक्षार्थीहरुले अहिले चर्को मूल्य तिरेर बस्नुपरीरहेको विद्यार्थीहरुले बताएका छन् ।
यता शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले भने प्राविधिक कारणले सबै स्थानिय तहमा परिक्षा सञ्चालन गर्न नसकिएको जनाएको छ । एसइइ ग्रेड वृद्धि परीक्षा विरेन्द्र मावि शाहीलेक, दशरथचन्द मावि सुन्दरखाली, जगदम्बा मावि रानीबुंगा, निङ्गलाशैनी मावि देहीमाण्डौं र कृष्ण मावि पाटन केन्द्रबाट परिक्षा सञ्चालन भएको हो ।
एसइई ग्रेड वृद्धि परीक्षामा बैतडीमा १ हजार ५३० छात्रा र १ हजार २९२ छात्र गरी २ हजार ८८२ सहभागी छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा