सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, साउन २८ । पठाओ नेपालले आम उपभोक्ताहरुलाई आफूहरुले ट्याक्सी सञ्चालन नगरेको स्पष्ट पारेको छ ।
मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै पठाओ नेपालले ट्याक्सी सञ्चालन नगरेको भन्दै उपभोक्तालाई भ्रममा नपर्न आग्रह गरेको छ । पठाओ नेपालले ट्याक्सी सञ्चालन नगरेको तर भाडामा गुड्ने ट्याक्सीलाई पठाओ एप्लिकेसन मार्फत जोडेको स्पष्ट गरेको हो ।
पत्रकार सम्मेलनमा पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले विभिन्न मिडियामा पठाओ नेपालले चार पाङ्ग्रे निजी सवारी साधन मार्फत सेवा सुरु गर्न लागेको भन्ने खबरको पछि नलाग्न आग्रह गर्नु भयो ।
त्यस्तै पठाओको कार लाइट सेवाले ग्राहकसँग बढी पैसा लिएको भन्दै लागेको आरोपको खण्डन गरिएको छ । पठाओले कार लाइट सेवा अन्तर्गत ग्राहकको चाहना अनुसार प्रतिक्षा गरेको, इन्टरनेट र ट्राफिक जामलगायतको खर्चलाई एकमुष्ट जोडेर १०० रुपैयाँ लिएको स्पष्ट पारेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा