सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन ४ । शनिबार अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टी-२० विश्वकपका तयारीका लागि एसिया छनोट खेल्न नेपाली टिम सिंगापुर जाँदै छ ।
नेपाली टिम मलेसियाबाट सिंगापुर २२ तारिखदेखि सुरु हुने प्रतियोगिताका लागि जान लागेको हो । केही समय अघि नेपालबाट अभ्यासका लागि मलेसियामा गएको टिमले त्यहाँ दुई ओटा टी-२० क्रिकेट पनि खेलेको थियो । जसमा नेपालले सिरिज नै क्लिन स्विप गर्न सफल भएका छन्।
नेपालले मलेसिया र सिंगापुरको मौसम उस्तै-उस्तै हुने भएकाले अभ्यासका लागि उक्त ठाउँ रोजे । नेपाली टिमका प्रशिक्षक उमेश पट्वालले नेपालले मलेसियामा अभ्यास पूरा गरेकाले अबको ध्यान सिंगापुरमा हुने छनोट प्रतियोगितामा केन्द्रित हुने बताएका छन् ।
विश्वकप छनोट खेल्ने टिममा नेपालको वरीयता उच्च रहेकाले सबै खेल जित्दै शीर्ष स्थानमा रहनका लागि मेहनत गरिरहेको कप्तान पारस खड्काले बताए ।
छनोट खेलमा नेपालसहित कतार, मलेसिया, कुवेत र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् । सोहि खेलमा नेपालले पहिलो खेल २३ तारिखमा कतारसँग प्रतिस्पर्धा गर्ने छ भने, २४ तारिखमा मलेसियासँग २७ तारिखमा कुवेतसँग र २८ तारिखमा घरेलु टोली सिंगापुरसँग खेल्ने जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा