सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
खोटाङ, साउन ४ । शनिबार बिहान प्रहरीले खोटाङमा लोक सेवा आयोगको पाँचौँ तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर अवरोध पुर्याएको भन्दै चार जनालाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा नेपाल आदिवासी जनजाति महासंघ खोटाङका सचिव रवीन खम्बु, महासंघका सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार, सविना अछामे रहेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ खोटाङका अध्यक्ष हात्तीराम राईका अनुसार संविधानमा व्यवस्था भएको समावेशी र समानुपातिक व्यवस्थाविपरीत लोक सेवा आयोगले विज्ञापन स्थानीय तहका लागि खुलाएको विरोधमा आह्वान गरेको एक नम्बर प्रदेश बन्दअन्तर्गत परीक्षा केन्द्रमा पुगेका चार जनालाई प्रहरीले धरपकड गरेको हो।
दिक्तेल बहुमुखी क्याम्पसमा भइरहेको आयोगको परिक्षा बिथोल्ने प्रयास गरेकाले उनीहरुलाई पक्राउ गरको प्रमुख जिल्ला अधिकारी बिष्णुहरी उपाध्ययले बताए । सोहि बन्दका कारण जिल्लामा यातायात सेवा समेत प्रभावित भएको जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा