सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / टीकापुर, साउन ३ । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ डुडेझारी बेसक्याम्प नजिकको जंगलमा रुखबाट खसेर एकजनाको ज्यान गएको छ ।
जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ अमरावतीमा घर भएका ३५ बर्षिय हिरो बिष्ट भिरमौरी काट्न रुखमा चढेका बेला मौरीले टोक्न थालेपछि भाग्ने क्रममा रुखबाट खसेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
रुखबाट घाइते भएका बिष्टको लम्की स्थित लालरत्न अस्पतालमा उपचार सम्भव नभएपछी उनलाई टीकापुर अस्पताल लगिएको थियो र त्यहीँ उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा