सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनुषा, असार २४ । जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मुख्यद्वारमा प्रदेश २ का अस्थायी शिक्षक ५ दिन अघिदेखि आन्दोलन बसेको धर्नास्थल पुगेर प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले समर्थन जनाएका छन्।
केही समय उनी अस्थायी शिक्षकसँगै धर्नामा बसेका थिए । संघीय सरकारले जातीय र वर्गको आधार अस्थायी शिक्षकसँग विभेद गरेको आरोप समेत राज्यमन्त्री मण्डलले लगाए।
राज्यमन्त्री मण्डलले भने, ‘तपाइँहरूलाई विभेदपूर्ण तरिकाले हटाएको छ। हामी तपाइँहरूको साथमा छौं। उनले मुख्यमन्त्रीसँग कुरा हुँदा पनि आवश्यक पहल गर्ने प्रतिवद्धता जानए । तपाइँहरू आफ्नो मागप्रति अडिग रहनुहोस्।’
सरकारले अस्थायी शिक्षकलाई लिएको परीक्षाको कापी जाँचमै जानेरै अनियमितता गरी अयोग्य ठहर्याएको आरोप समेत राज्यमन्त्री मण्डलले लगाएका छन् ।
त्यहाँका अस्थायी शिक्षकहरू महिनौँ दिनदेखि संघर्ष समिति बनाएर आन्दोलित बनेका छन्। संघर्ष समितिका सहसंयोजक बिनोद यादवका अनुसार पटक-पटक संघीय सरकार र सम्बन्धित मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदा समेत बेवास्ता गरेपछि धर्ना बस्नु बाध्य भएको जनाए । यसैक्रममा, आज छलफल गरी थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने समेत उनले जनाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा