सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार ९ । करिब २ हप्ता लामो भ्रमणपछि देश फर्किएका जनमत पार्टीका अध्यक्ष डा. सीके राउत विमानस्थलबाट सीधै वीर अस्पताल पुगेका छन्।
त्यहाँ पुगेर उनले टीकापुर नरसंहारमा दोषी ठहर भएका निलम्वित सांसद रेशम चौधरीसँग भेटवार्ता गरेका छन्। युरोप भ्रमणबाट स्वदेश फर्किएका राउत विमानस्थलमा ओर्लिएपछि वित्तिकै सोमबार राति रेशमलाई भेट्न वीर अस्पताल पुगेको जानकारी दिएका छन्। भेटका क्रममा राउतले चौधरीलाई उनीसम्बद्ध राष्ट्रिय जनता पार्टी नेपाल र त्यो पार्टीका नेताहरुबाट अब आशा मरिसकेको बताएका छन्।
राउतले जनमत पार्टीले जेलबाट छुटाउनका लागि पहल गर्ने बचन पनि दिएका छन्। भेटमा चौधरीको स्वास्थ्य अवस्था र वर्तमान राजनीतिक घटनाक्रमबारे जानकारी पनिलिएका थिए। बोनम्यारोको समस्याले पीडित रेशम अहिले वीर अस्पतालमा उपचाररत छन् ।
उपचारका क्रममा जेल प्रशासनले चौधरीलाई नेल लगाएको थियो । त्यसको चर्को विरोध भएपछि समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईअस्पताल पुगेका थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा