सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ८ । लोकसेवा आयोगको विज्ञापनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आइतबार दिनभरी बहस गर्दा पनि नसकेका कारण बुधबार निरन्तर सुनुवाइ हुने भएको हो ।
लोकसेवा आयोगको स्थानीय तहका कर्मचारीका लागि खुलाएको विज्ञापनविरुद्ध सर्वोच्चमा ४ वटा रिट परेको छ । समावेशी सिद्धान्त पालना नगरी लोकसेवाले स्थानीय तहका लागि विज्ञापन खुलाएको भन्दै अधिवक्ताहरू जगदेव चौधरी, विकास ठाकुर र राजाराम घिमिरेले छुट्टाछुट्टै रिट निवेदन दायर गरिएको थियो ।
उक्त रिटहरुलाई एकै ठाउँमा राखेर न्यायाधीश हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ भइरहेको छ । आयोगले गएको जेठ १५ गते देशभरका ५ सय १५ स्थानीय तहका लागि ९ हजार, १ सय ६१ सिटका लागि विज्ञापन खुलाएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा