सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ६ । जनता बैंकले सुदुरपश्चिम प्रदेश कैलाली जिल्लाको हावाहुरी पिडितलाई आर्थिक सयोग गरेको छ । बैंकले गत जेठ २३ गते कैलाली जिल्लाको धनगढी आसपासमा आएको भिषण हावाहुरीमा परि पिडित हुनेहरुको लागि नगद आर्थिक सहयोग प्रदान गरेको छ ।
धनगढी उपमहानगरपालिकाले संचालन गरेको ‘धनगढी उपमहानगरपालिका प्रकोप व्यवस्थापन कोष’ लाई बैंकको तर्फबाट १ लाख ५० हजार नगद सहयोग उपलब्ध गराएको हो ।
उक्त सहयोग रकमको चेक बैंकको सुदरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख मुकुन्दप्रसाद भट्टले धनगढी उपमहानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टलाई हस्तान्तरण गरेको छ ।
पिडितहरुको पुनःस्थापनाको लागि उक्त रकम खर्च गर्ने बैंकले जनाएको छ । यसैक्रममा, जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैविप्रकोप राहत लगाएत अन्य विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा