सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बंग्लादेशले वेस्टइंडीजलाई ७ विकेटले हराउदै सहज जित निकालेको छ । विश्वकपको २३ औ प्रतिस्पर्धा अन्तर्गत टांटनमा खेलिएको खेलमा बंग्लादेश विश्वकप २०१९ को यस्तो पहिलो टिम बनेको छ, जसले ३०० भन्दा बढि स्कोर बनायो ।
यो प्रतिस्पर्धामा बंग्लादेशका कप्तान मशरफे मुर्तजाले टस जितेर पहिला बलिङ रोजे । पहिला ब्याटिङमा उत्रेको वेस्टइंडिजको टिमले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै ३२१ रन बनाए । यसरी बंग्लादेशको अगाडि जितको लागी ३२२ रनको विशाल लक्ष्य थियो, जुन विश्वकप २०१९ मा अहिलेसम्म हासिल हुन सकेको थिएन तर बंग्लादेशी टाइगर्सले यो लक्ष्यलाई हासिल गरे । यो तेस्रो पटक हो जुन बंग्लादेशले वेस्टइंडिज विरुद्ध ३०० भन्दा बढि रनको लक्ष्य हासिल गरेको ।
वेस्टइंडिजको टिमलाई ३२२ रनको जवाफ दिदै बंग्लादेशको तर्फबाट शाकिब अल हसन (१२४) ले विश्वकप २०१९मा लगातार दोस्रो शतक जोडे भने लिटन दास (९४) ले अर्धशतक जोडे । यी खेलाडीहरुको दमदार पारीको मद्यतले बंग्लादेशले ४१.३ ओभरमा ३ विकेट गुमाउदै ३२२ रन बनाउदै यो म्याच आफनो नाममा गरे । विश्वकप २०१९ मा बंग्लादेशको यो दोस्रो जित हो । यही जितसँगै बंग्लादेशको टिम ५ अंकसँग विश्वकप २०१९ को अंकतालिकामा पाँचौ स्थानमा पुगेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा