सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टाटनको द कूपर एसोसिएट्स काउंटी मैदानमा पाकिस्तान र अष्ट्रेलियाको बिच खेलिएको विश्वकप २०१९ को १७ औँ प्रतिस्पर्धामा कंगारु टिमले जित हासिल गरेको छ । अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरको छ । यो म्याचमा अष्ट्रेलियाको तर्फबाट डेविड वार्नरले शतक जोडेका छन् ।
पाकिस्तानका कप्तान सरफराज अहमद ले यो म्याचमा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरे । कप्तान सरफराजको यो निर्णय त्यो समय सहि सावित भयो जब अष्ट्रेलियाली टिम ४९ ओभरमा ३०७ रनमा अल आउट भयो । पहिला ब्याटिङमा उत्रेको अष्ट्रेलियाका सलामी ब्याट्सम्यान डेविड वार्नरले शानदार १०७ रन को पारी खेले । वार्नरको अलावा कप्तान आरोन फिंचले ८२ रन बनाए । पाकिस्तानको तर्फबाट मोहम्मद आमिरले पनि ५ विकेट लिए ।
उता, ३०८ को लक्ष्यलाई पछ्याउदै ब्याटिङमा उत्रेको पाकिस्तानी टिम ४५.४ ओभरमा २६६ रनमा अलआउट भयो । पाकिस्तानको तर्फबाट कुनै पनि खेलाडीले ठुलो पारी खेल्न सकेनन् । इमाम उल हकले ५३ रन, मोहम्मद हफीजले ४६ रन, वहाब रियाजले ४५ रन र कप्तान सरफराजले ४० रन पारी
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा