सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जाजरकोट, जेठ २९ । नलगाड नगरपालिका-१० को वडा कार्यालय नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताद्धारा तोडफोड भएको छ। कार्यालय तोडफोडका कारण कुर्सी, दराज, कागजातमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ।
उनीहरुले जनप्रतिनिधिहरुलाई भ्रष्ट, दलालको आरोप लगाउँदै कार्यालय तोडफोड गरेका छन्। यसैक्रममा, यसबाहेकका अन्य ठाउँमा समेत दलालविरुद्ध कारवाही जारी राख्ने विप्लव समूहका जाजरकोट जिल्ला इञ्चार्ज प्रेमप्रकाश ओलीले चेतावनी दिएका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा