सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकप शुरु भएदेखी नै खेलाडीहरु चोटिल हुने सिलसिला जारी छ । लगभग हरेक टिमका उत्कृष्ट खेलाडी चोटिल हुदै विश्वकप बाट बाहिरिएका छन् ।
ताजा घटना अनुसार, अष्ट्रेलियाली टिमका दमदार अलराउण्डर मार्कस स्टोइनिस चोटको कारण विश्वकपबाट बाहिरिएका छन् । अष्ट्रेलिया बुधबार पाकिस्तानसँग विश्वकपको आफनो चौथो प्रतिस्पर्धामा उत्रदैछ तर त्यो भन्दा पहिला यो खबर उसको लागी चिन्ताजनक हो ।
वास्तवमा भारत विरुद्धको म्याचमा स्टोइनिसको मांसपेशि च्यातिएको थियो र त्यसपछि उनलाई स्वास्थ्य उपचारका लागी लगीयो ।
भारत विरुद्धको म्याचमा अष्ट्रेलियाली टिमले भारतको हातबाट ३६ रनले हारको सामना गर्नु परेको थियो । यही म्याचमा स्टोइनिसले ७ ओभरको बलीङमा ६२ रन दिदै कप्तान विराट कोहली र महेन्द्र सिंह धोनीको विकेट लिएका थिए । यद्यपी, ब्याटिङमा भने उनले कुनै पनि उत्कृष्टता देखाउन सकेनन् र शुन्यमा आउट भएका थिए ।
रिपोर्ट अनुसार, स्टोइनिसले पुरै टुर्नामेन्ट खेल्ने सम्भावना अहिलेसम्म यथावत नै छ । यही कारण अष्ट्रेलिया–ए को टिमबाट इङ्गल्याण्ड यात्रा को लागी गइरहेका अलराउण्डर मिशेल मार्शलाई स्टोइनिसको कभर को रुपमा बोलाइएको छ ।
शनिवार श्रीलंका विरुद्ध हुने प्रतिस्पर्धा भन्दा पहिला यि २९ बर्षिय स्टोइनिसको स्वास्थ्य परिक्षण हुनेछ, र त्यसपछि १५ सदस्यीय टिममा उनको विकल्पको स्थाई रुपमा समावेश गर्ने सन्दर्भमा निर्णय लिइनेछ ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा