सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
खोटाङ, जेठ २८ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १८० जना बेरोजगार यूवालाई रोजगार दिलाएको छ ।
उक्त रोजगार कार्यक्रममार्फत नगरपालिकाले १५ वटै वडाबाट बेरोजगारको सूचीमा सूचीकृत भएका यूवालाई रोजगारी दिएको मेयर दिपनारायण रिजालले बताएका छन्।
दिक्तेलमा रोजगारी पाएका व्यक्तिले दैनिक ६१० रुपैयाँका दरले पारिश्रमिक पाउने रिजालले बताएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी पाएका यूवाहरुले सम्बन्धित वडाभित्रको कच्ची सडकको नाली निर्माण, वडा कार्यालय, स्वास्थ्यचौकी, विद्यालय रंगरोगन गर्ने, विद्यालय वरपर बगैंचा निर्माण गर्ने, फलफूलका बिरुवा रोप्ने लगायतका काममा खटाइएको मेयर रिजालले जनाए । उक्त रोजगार कार्यक्रममार्फत गाउँमै रोजगार पाउँदा स्थानीयहरुले उत्साहित जनाएको मेयर रिजालले बताएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा