सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ, जेठ २४ । प्रदेश नम्बर ३ का मुख्य न्यायाधिवक्ता सुर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन । न्यौपानेले बिहीबार मुख्यमन्त्री कार्यालयमा प्रदेशका प्रमुख सचिव आनन्दाराज ढकाल समक्ष राजीनामा बुझाएको बुझाएका हुन ।
मुख्यमन्त्री डोरमणी पौडेल अस्वस्थ्य भइ उपचार भइरहेका बेला राजीनामा दिएका न्यौपानेको राजीनामा प्रदेश प्रमुखले स्विकृत गर्ने कानूनी व्यवस्था छ । हाल सम्म राजिनामा स्वीकृत भएको छैन । राजीनामाको विषयमा मुख्यमन्त्रीको सचिवालयले काम नदेखे पछि राजनीतिक दबाबले राजिनामा दिएको बताएको छ ।
न्यौपानेले भने न्यायाधिवक्ताको जिम्मेवारी र भूमिका राजनीतिक नियुक्ती र मर्यादा जस्तो नभई एउटा सामान्य कर्मचारी जस्तो भएकै कारण आफूले राजीनामा दिएको बताएका छन् । रेडक्रस मकवानपुरका सभापति समेत रहेका न्यौपानेले न्यायाधीवक्ता कार्यालयलाई प्राप्त १ करोड २० लाख रुपैयाँमा कर्मचारीलाई २० लाख तलब भत्तापछि बाँकी पैसाले सुविधायुक्त गाडी किन्न चाहेता पनि मुख्यमन्त्री कार्यालय स्वीकृत दिएको थिएन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा