सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठामाडौँ, जेठ १४ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन जाँदा द्विपक्षीय महत्वबारे छलफल हुने प्रधानमन्त्री ओलीका सल्लाहकार परराष्ट्र मामिला डा.राजन भट्टराईले जानकारी दिए । यसैक्रममा, प्रधानमन्त्री ओली बिहीबार भारत जाँदै छन् ।
‘भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहणमा सहभागी हुनका लागि निम्ता आएको मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सल्लाहकार डा.भट्टराईले बताए।
यसगरी, बिमस्टेक राष्ट्रका सबै सदस्य सहभागी हुने कार्यक्रम छ । यसका साथ-साथै किर्गिकिस्तानका राष्ट्रपति र मरिससका प्रधानमन्त्री पनि आउने कार्यक्रम रहेको छ ।’ बिहीबार साँझ हुने सपथ ग्रहणमा सहभागी भएर ओली (शुक्रबार) स्वदेश फर्कने कार्यक्रम रहेको भट्टराईले जनाए ।
उक्त कार्यक्रममा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुने पनि डा.भट्टराईले बताए । उनले भने, ‘प्रधानमन्त्रीको यो छोटो भ्रमण हो । नेपाल–भारत द्विपक्षीय महत्वका विषयमा उनीहरुबीच सामान्य छलफल हुने छ ।’ नेपाल र भारतबीच पहिलादेखि घनिष्ठ सम्बन्ध रहेकोले आगामी दिनमा पनि सम्बन्ध सुमधुर हुने उनको विश्वास छ ।
भट्टराईले नेपाल र भारतबीच अरुको भन्दा बढी नै चासो रहेको पनि बताए । उनले भने, ‘हामीबीच बहुआयामिक सम्बन्ध छ । धेरै विषय भएकोले समस्या पनि छन् । पछिल्लो समय समस्याहरुपनि समाधानतर्फ उन्मुख छन् ।’ सन् २०१८ मा तीन चार वटा विषयहरु समाधान गर्न सफल भएको उनको दाबी छ ।
फरक प्रसंगमा उनले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले छिट्टै बुझ्ने पनि बताए । भट्टराईले भने, ‘हामी दुवै पक्षका सदस्यहरुले सर्वसम्मतिले प्रतिवेदन तयार पारेका हौँ । भारतमा चुनाव भएकोले मोदीको व्यस्तताका कारण प्रतिवेदन बुझाउन समय लागेको हो । अब छिट्टै बुझ्नुहुन्छ ।’
भारतका लागि पूर्व नेपाली राजदूत डा.दुर्गेशमान सिंहले भारतमा प्रचण्ड बहुमतका साथ भाजपाको पूनरोदय भएकोले प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल नीतिलाई निरन्तरता नै दिने स्पष्ट पारे । उनले भने, ‘मोदीले छिमेक नीतिलाई अझै बलियो र मजबुत बनाएर अघि बढाउनेछन् ।’
भारतमा मोदीको उदयसँगै नेपाल–भारत सम्बन्ध राजनीतिक तहमा समेत बलियो भएको सुनाउँदै यसले दुवै देशलाई हित गरेको पनि सिंहको दाबी छ । उनले भने, ‘मोदी आफ्नो पहिलो कार्यकालमा चार पटक नेपाल भ्रमणमा आएका छन् । उनले नेपाललाई विशेष महत्व दिएको छ । बास्तवमा भन्ने हो भने उनी प्रधानमन्त्री भएपछि भारतले नेपाललाई नयाँ रुपमा महत्व दिएको छ ।’
सिंहले मोदी प्रधानमन्त्री बन्नुपुर्व नेपाल–भारत सम्बन्ध कर्मचारीतन्त्रले चलाएको भए पनि मोदी आएपछि धेरै राम्रो भएको बताए। उनले भने, ‘पहिले हामी भारतसामू निरीह थियौं, मोदी आएपछि धेरै सुमधुर सम्बन्ध भएको छ । अहिले सम्बन्ध राम्रो छ ।’
सिंहले नेपाल–भारत सम्बन्धमा अहिले बुद्धिष्ट, जानकीलगायतका सर्किटहरु सञ्चालनमा आउने भएकोले यसले पनि दुई देशबीच जनस्तरमा सम्बन्ध बलियो बनाउने बताए । उनले नेपालले पनि भारतसामू बोलेका कुराहरु पूरा गर्नुपर्ने जनाए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा