सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी, ८ जेठ । कैलालीको धनगढीमा कक्षा ११ को परिक्षा दिइरहेका ६ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन । धनगढीको शारदा माविमा उक्त नक्कली परिक्षार्थी लाई प्रहरीले पक्राउ गरेको छ । धनगढीका दर्पण शर्मा, कपिल तिवारी र भगवती पडालको परिक्षा दिईरहेका सन्तोष भट्ट, अविनाश दत्त र आशा थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
नक्कली परिक्षार्थीलाई पक्राउ गरेपछि उनीहरुले दिएको जानकारीको आधारमा परिक्षा दिन लगाउने गरि तीन जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरु जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन । उनीहरु विरुद्ध शिक्षा ऐन अन्तरगत कारवाही गरिने प्रहरीले जनाएको छ । नक्कली परिक्षा दिने र दिलाउने दुवैलाइ एक लाख जरिवाना र ६ महिना कैद तथा दुवै सजाय हुन सक्ने कानुनमा उल्लेख छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा