सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, जेठ ५ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले अनसनमा बसेका नर्सहरुको स्वास्थ्य स्थिति बिग्रदा पनि राज्य गम्भीर नभएको आरोप लगाएको छ ।
आज मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दे अनसन बसेको दश दिन वितिसक्दा पनि राज्यले देखाएको उदासिनताप्रति नेपाली कांग्रेसको गम्भीर ध्यान आकृष्ट भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ “स्वास्थ्य क्षेत्रमा कार्यरत नर्सहरुले आफ्नो पेशागत हक, हितको संरक्षण, न्यूनतम सेवा तथा सुविधाको माग राखी संघर्षको कार्यक्रम गरेको आज दशौँ दिन वितिसक्दा पनि राज्यले देखाएको उदासिनताप्रति नेपाली कांग्रेसको गम्भीर ध्यान आकृष्ट भएको छ ।”
साथै कांग्रेसले यथाशीघ्र वार्ता र संवादको माध्यमबाट समस्याको निकास खोज्न सरकारलाई आग्रह समेत गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा