सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २४ । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२० को नतिजा प्रकाशित भएको छ ।
गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म खुलेको आवेदनको नतिजा प्रकाशित भएको हो ।
डीभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नलाग्ने समेत दूताबासले जनाएको छ ।
बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् । सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्ने छ ।
अमेरिकी सरकारको डीभी शाखाले आर्थिक वर्ष २०२० का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०२० को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव समेत दिएको छ ।
।
डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन पाइने छ ।
डीभी चिठ्ठा परे नपरेको यहाँ हेर्न तलको लिङकमा क्लिक गर्नुहोस् ।
(link: https://www.dvlottery.state.gov/) dvlottery.state.gov
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा