सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २३ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम बीचको पार्टी एकीकरण घोषणा आज हुँदै छ ।
प्रज्ञा प्रतिष्ठान कमलादीमा विहान ११ः ४५ मा आयोजना हुने एक कार्यक्रमकाबीच दुई पार्टी बीचको एकीकरण घोषणा हुनेछ ।
फोरम र नयाँ शक्तिबीच एकीकरण भई बन्ने पार्टीको नाम समाजवादी पार्टी, नेपाल रहनेछ ।
यी दुई पार्टीबीचको एकीकरण भई ‘समाजवादी पार्टी नेपाल’ घोषणा हुँदै छ। भट्टराई र यादवले एकीकरण गर्ने सहमतिपश्चात् वैकल्पिक शक्ति निर्माण गर्ने अभियान सुरु गरेको प्रतिक्रिया दिएका छन्। बबरमहलस्थित नयाँ शक्ति पार्टीको कार्यालयमा नयाँ शक्तिका संयोजक डा. भट्टराई र फोरम नेपालका अध्यक्ष यादवले पार्टी एकीकरण गर्ने सहमति पत्रमा शनिबार हस्ताक्षर गरेका थिए ।
‘समाजवादी पार्टी नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषण अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्नेछ,’ सहमतिपत्रमा उल्लेख छ। शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार पार्टीमा दुई अध्यक्ष रहनेछन्। संघीय परिषद्को अध्यक्षता भट्टराईले गर्नेछन् भने केन्द्रीय कमिटीको अध्यक्षता यादवले गर्नेछन्।
वरीयता रोलक्रमअनुसार पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराई पहिलो तथा बहालवाला उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री यादव दोस्रो वरीयतामा रहनेछन् भने अशोक राई तेस्रो वरीयतासहित वरिष्ठ नेता हुनेछन्। संघीय परिषद्का अध्यक्षले केन्द्रीय समितिको निर्णयलाई विशेष परिस्थितिमा उल्ट्याउने अधिकार विधानमा राखिने सहमति भएको छ।
संघीय संसद्मा नयाँ शक्तिबाट १ जना र फोरमबाट १६ जना सांसद छन्।
पार्टी एकता भएको भोलिपल्ट अर्थात २४ गते संयुक्त बैठक बस्ने कार्यक्रम तय भएको छ । त्यस्तै २६ गते एकीकृत दल दर्ताको लागि निर्वाचन आयोग जाने कार्यक्रम तय भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा