सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, बैशाख १७ । क्याप्टेन विजय लामाले आफुले आत्मा बल, सत्य मार्ग, सहि सोच अनि निडर पन बुबाबाट सिकेको बताउनुभएको छ । नेपाल वायु सेवा निगमको प्रवक्तबाट हटाइएपछि सोमबार राति आफ्नो फेसबुकमा बाबुको फोटो राख्दै स्टाटसमा उहाँले आफु देशको माया, मात्री भुमिको मूल्य, नेपाली सन्तानको माया, काम गर्ने संस्था अनि वर्दिको कदर पनि बुबाबाटैसिकेको स्पष्ट पारेका छन् ।
त्यसैलै आफु जति आधी भेरी आए नि, जति दुख पीडा आए नि कहिले डगमगाउन नसिकेको उल्लेख गरेका छन् ।
मैले आत्मा बल, सत्य मार्ग, सहि सोच अनि निडर पन मेरो बाउ बाट सिकेको छु! देशको माया, मात्री भुमिको मूल्य, नेपाली…
Posted by Vijay Lama on Monday, 29 April 2019
नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशन अनुसार निगमले पाइलट लामालाई प्रवक्ताबाट हटाएको छ ।
शुक्रबार प्राधिकरणले एउटा युट्युब अन्र्तवार्तामा विवादास्पद अन्तरवार्ता दिएको र यात्रुमाथि खेलबाड गरेको भन्दै लामालाई निलम्बन गरेको थियो । लगतै निलम्बन फुकुवा गरिए पन लामालाई प्रवक्ताको जिम्मेवारीबाट भने हटाइएको छ ।
लामालाई निलम्बन र प्रवक्ताको जिम्मेवारीबाट हटाएसँगै सामाजिक सञ्जालमा सरकारको ब्यापक आलोचना भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा