सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख ८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकताको झण्डै एक वर्षपछि जिल्ला समितिको पदाधिकारी टुंगो लगाएको छ । तर सूची हेर्न नपाएको भन्दै सचिवालयकै नेताहरुले असन्तुष्टि पोखेका छन् ।
आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लाको अध्यक्ष र सचिव टुंगो लगाएको हो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नयाँ मापदण्डमा सहमतिमा जुटाएसँगै सचिवालयले यो निर्णय गरेको हो । तर बैठकमा तत्कालिन एमाले र माओवादीले कुन कुन जिल्लाको कुन पद पाए र को चयन भए भन्ने जानकारी दिइएन ।
नेता बामदेव गौतमलगायतले अध्यक्षद्वयसँग सूची मागेका थिए । तर सिफारिसअनुसार भयो भन्दै दुवै अध्यक्षले नदिएको एक सदस्यले बताए । उनले भने ‘ भोलि दिन्छौं भनेर नेताहरुले टार्नुभयो ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा