सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टिकटक धेरै नै पपुलर एप बनीसकेको छ, यो एपलाई विश्वभर करीब १ अरब भन्दा धेरै पटक डाउनलोड पनि गरीसकिएको छ । तर अब टिकटकलाई कडा झट्का लागेको छ । भारत सरकारले इलेक्ट्रिोनिक्स र सुचना प्राद्यौगीक मन्त्रालयले गुगल र एप्पल बाट यो एप हटाउन निर्देशन दिइसकेको छ । यो भन्दा पहिला सोमबार सर्वोच्च अदालतले यो चीनीया एप भएकोले बच्चाहरुमाथि खतरा भएको बताएको थियो ।
सर्वोच्च अदालतले सोमबार मद्रास हाई कोर्टको तर्फबाट यो एप माथि लगाइएको रोक माथि स्टे अर्डर दिनबाट अस्विकार गरेको थियो । यसपछि मिनिस्ट्रि अफ इलेक्ट्रिोनिक्स एण्ड इन्र्फमरफेसन टेक्नोलोजी ले यो कदम उठाएको हो । सर्वोच्च अदालतका प्रधान न्यायाधिश रंजन गोगोईको नेतृत्व गरेको टोलीले यो घटनाको तारिख २२ अप्रिलको लागी राखिएको छ । किनभने मद्रास उच्च अदालत १६ अप्रिलमा यो घटनाको सुनुवाई गर्न सक्ने बताइएको छ ।
यो भन्दा अगाडि जस जस्ले टिकटप एप डाउनलोड गरेका छन केबल ति ब्यक्तिहरुले मात्र टिकटक चलाउन सक्छन । नयाँ युजर्सहरुले यसलाई डाउनलोड गर्न सक्नेछैनन् ।
टिकटक कम्पनिको अधिकार चीनीया कम्पनि बाइटडान्स सँग मात्र रहेको छ, जो विश्वको सबैभन्दा धेरै भ्यालु भएको स्टार्टअप कम्पनि हो । पछिल्लो बर्ष देखी नै टिकटक एप तेज रफतारमा लोकप्रिय भएको छ । पहिला यसको नाम म्युजिकली राखिएको थियो पछि यसको नाम बदलेर टिकटक बनाइएको हो । यो एप विश्वभरमा करीब १०० करोड भन्दा बढिले डाउनलोड गरीसकेका छन् ।
यसअघि नेपाल लगाएत भारतमा पब्जि गेमलाई पनि प्रतिबन्ध लगाइएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा