सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र १८। नेपाली बजार आज (सोमबार) सुनको मूल्य यथावत रहेको छ। आज छापावाल सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजावी सुनको मुल्य पनि सामान्य रहेको छ। आज तेजावी सुन ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
आज सुनको भाउ सँगै चाँदीको मूल्य पनि यथावत रहेको छ। आज चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी प्रतितोला ७४० रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा