सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, चैत्र ३ । पाँचौ साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिताको समूह चरणको भारत समूह ‘बी’को बिजेता बनेको छ।
विराटनगरको शहीद रंगशालामा जारी खेलमा आइतबार श्रीलंकालाई ५–० ले पराजित गर्दे समुह विजेता बनेको हो। पराजित श्रीलंका भने ३ अंकका साथ समूह उपविजेता बनेको छ। अब भारतले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता बंगलादेशसंग खेल्नेछ।
श्रीलंकाविरुद्ध एकतर्फी जित निकाल्न भारतका लागि दाङमेई ग्रेस, सन्ध्या रंगनाथन, इन्दुमति खाथिरीसान, संगिता बास्फोरे र रतन बाला देवीले एक एक गोल गरे।
खेल अवधिभर निकै दबाबमा राखेको भारतले श्रीलंकालाई पहिलो हाफमा ४ गोल गर्यो भने दोस्रो हाफमा २ गोल गर्यो । अब ६ गते हुने पहिलो सेमिफाइनल नेपालले श्रीलंकासँग खेल्नेछ भने दोस्रो सेमिफाइनल भारतले बंगलादेशसँग खेल्नेछ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा