सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मुग्लिन, माघ ५ । त्रिशूली नदीमा फोहोर फ्याँक्नेलाई कारवाही गरिने भएको छ। इच्छाकामना गाउँपालिकाले सूचना जारी गर्दै त्रिशूली नदी र त्यस वरपर फोहोर नफ्याँक्न आग्रह गरेको हो।
सूचनालाई अटेर गरी फोहर फ्याँकेमा प्रचलित कानुनअनुसार कारवाही गरिने गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले बताइन्। गाउँपालिकालाई सफा र हरियालीयुक्त बनाउनका निम्ति ‘क्लिन एण्ड ग्रिन इच्छाकामना’ अभियान सञ्चालन गरिएको उनले जानकारी दिइन्। ‘सूचना अटेर गरी त्रिशूलीमा फोहर फ्याँकेको पाइएमा प्रचलितअनुसारको कानुनी कारवाही गरिनेछ,’ उनले भनिन्।
गाउँपालिकाले फोहर व्यवस्थापन केन्द्र स्थापना गरेको छ। ‘फोहर संकलन गर्न सवारीसाधनका लागि बोलपत्र आह्वान गरिएको छ’ अध्यक्ष गुरुङले भनिन्। दश वर्षका लागि निजी व्यक्तिको जग्गा भाडामा लिई फोहर व्यवस्थापन केन्द्र निर्माण गरिएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा