सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, माघ १ । शारीरिक सुगठन तथा फिट्नेस सङ्घले विश्व शारीरिक सुगठन च्याम्पियनशिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई नगदसहित सम्मान गरिएको छ ।
सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा सांसद कृष्णगोपाल श्रेष्ठ र काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस सङ्घका अध्यक्ष सुरेश सुवेदीले महेश्वरलाई सम्मानपत्र र रु ५१ हजार प्रदान गरी सम्मान गरे ।
थाइल्याण्डको चाङमाईमा गत डिसेम्बरमा भएको १०औँ विश्व शारीरिक सुगठन च्याम्पियनशिपको शारीरिक सुगठनतर्फ पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण पदक जितेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा