सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, मंसिर २३ । तेस्रो नेपाल मेडिकल तथा ल्याब एक्सपो २०१८ हुने भएको छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उद्घाटन गर्ने उक्त एक्सपो आउँदो डिसेम्बर १४ देखि १६ सम्म भृकुटि मण्डपमा आयोजना हुने आयोजकले बताएको छ ।
आयोजक एस.डि.प्रोमो मिडिया र केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएशन अफ नेपाललेका अनुसार यो एक्सपो नेपालको स्वास्थ्य तथा ल्याब क्षेत्रको सबैभन्दा ठूलो व्यापार र ज्ञान आदान प्रदान गर्ने प्ल्याटफर्म भएको दावी गरेका छन् । नेपाल मेडिकल एसोसिएशन, एसोसिएशन अफ इन्डियन मेडिकल डिभाईस इन्डष्ट्री, ईईपिसी, द साइन्टिफिक इक्युपमेन्ट एण्ड फर्निचर एसोसिएशन, नेपाल एसोसिएशन अफ क्लिनीकल केमेस्ट्री तथा जर्मनीको हाईटेक इन्डष्ट्री एसोसिएशन स्पेक्ट्यारिसको सहयोगमा यो एक्सपो हुन लागेको हो ।
यस अन्तर्राष्ट्रिय एक्सपोमा मेडिकल एण्ड सर्जिकल इक्युपमेन्ट, डायगनोस्टिक्स, मेडिकल डिस्पोजेबल्स, फर्निचर एण्ड इन्फास्ट्रक्चर, आइ.टी. सर्भिसप्रोभाइडर, मेडिकल वेस्ट म्यानेजमेन्ट, प्mयासिलिटी म्यानेजमेन्ट, कमप्लीट हस्पिटल प्रोडक्ट्स एण्ड सपोर्ट सर्भिसेस, ल्याब, एनालाईटिकल, साइन्टिफिक एण्ड बायोटेक्निकल इन्सट्रुमेन्ट्स एण्ड कन्ज्युमेबल्सको प्रदर्शनी हुनेछ ।
प्रदर्शनीमा २०० भन्दा बढि कम्पनीहरु र ५०० भन्दा बढि ब्राण्डहरुको उपस्थिती हुने तथा दश मुलुकका अधिकारीहरु, डाक्टरहरु, निति निमार्णकर्ता, उद्योगपति तथा वैज्ञानिकहरु भेला हुने दावी आयोजकले गरेको छ । नेपालको स्वास्थ्य क्षेत्र तथा ल्याब प्रवधिलाई द्रुत गति दिन यस एक्सपोले सहयोग पुर्याउने विश्वास लिइएको छ । यसका साथ साथै नेपालका कम्पनीहरुलाई नयाँ प्रविधि भित्र्याउन र नेपालमै यस्ता उत्पादन गर्न सक्ने मौका यो एक्सपोले दिनेछ । आगन्तुकहरुले स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि हेर्न पाउनेछन्, जो विभिन्न अस्पताल, प्याथोलोजी ल्याब, अनुसन्धान केन्द्र, फार्मास्यूटीकल्स, खाद्य उद्योग, विश्व विद्यालय, ल्याबहरु तथा आपुर्तीसंग सम्बन्धित पनि रहनेछन् ।
एक्सपोका साथ साथै दुईवटा सम्मेलन पनि आयोजना गर्ने एस.डि. प्रोमोले जानकारी दिएको छ । पहिलो सम्मेलन १४ डिसेम्बरमा हुनेछ, जसमा यस उद्योगसंग सम्बन्धित विज्ञहरुले स्वास्थ्य क्षेत्र तथा ल्याब प्रविधिमा भएका विकासका बारेमा छलफल गर्नेछन् ।
सम्मेलनमा सम्बन्धित सरकारी, मेडिकल शिक्षा, संघसंस्थाहरु तथा आयोजकहरुसंग आबद्घ व्यक्तिहरुले स्वास्थ्य क्षेत्रमा दिगो विकासका उपायहरुमाथि छलफल गर्नेछन् । यसैगरी डिसेम्बर १५ मा “अस्पताल व्यवस्थापन” शाीर्षकमा अर्को सम्मेलन गरिनेछ जसमा अस्पताल व्यवस्थापन सम्बन्धि विभिन्न विषयमा प्रयोगात्मक उपायहरुको छलफल तथा उदाहरण दिइनेछ । यो दोस्रो सम्मेलनमा ४०० भन्दा बढि डाक्टरहरुको उपस्थिती रहनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा