सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पुजीवाँदी र आधुनिक हतियारको बलमा पुरै विश्वभरी ७०० अरब डलर रक्षा बजेट राख्ने अमेरीका यी दिनहरुमा राष्ट्रिय सुरक्षा र सैन्य संकटको सामना गरीरहेको छ । अमेरीकाको संसदीय प्यानलले चेतावनी दिदै भनेका छ कि अमेरीका आगामी दिनमा रुस र चीन विरुद्ध हुने लडाईमा हार्न पनि सक्छ । प्यानलको अनुसार अमेरीकी सैन्य तागतमा गिरावट भईरहेको छ किनभने न केबल सैन्य सुविधामा मात्र कटौती भईरहेको छैन अमेरीकी सेनाको बजेटमा पनि कटौती भईरहेको छ ।
अमेरीकी संसद कांग्रेस ले राष्ट्रिय रक्षा रणनीति आयोगलाई राष्ट्रपति डोनाल्ड ट्रंपको राष्ट्रिय रक्षा रणनीति (एनडीएस) को अध्ययन गहिरिएर गर्न जिम्मेवारी दिएको छ । यही रिपोर्ट अनुसार, अमेरीकाको संसदीय प्यानलले उक्त चेतावनी जारी गरेको हो । संसदीय प्यानलमा अमेरीकाको विपक्षि डेमोक्रेटिक पार्टी र सत्ताधारी रिपब्लिकन पार्टीको दर्जनौ पुर्व अधिकारीहरु समावेश थिए । रिपोर्टले चीन र रुस विरुद्ध सैन्य अभियानको लागी योजना बनाउन र त्यसको सञ्चालनको लागी कौशलको आवश्यक हुन्छ तर अमेरीका यसमा कमजोर देखिएको बताएको छ ।
ट्रंपको राष्ट्रिय रक्षा रणनीति मस्को र बेइजिङसँगै तागत पाउन नयाँ होडको प्रदर्शन गरीरहेको छ । यस्तैमा संसदीय प्यानलले एकातिर अमेरीकी सेना बजेटमा भएको कटौतीको सामना गरीरहेको छ र उनीहरुले प्राप्त गरी आएको सुविधाहरुमा कमी भईरहेको छ भने अर्कोतर्फ चीन र रुस जस्ता देश अमेरीकाको शक्तिसँग सन्तुलन कायम गर्नको लागी आफनो तागत दिनानुदिन बढाइरहेका छन् ।
प्यानलले अमेरीका उसको शत्रुहरुबाट पाईरहेको चुनौतीहरुसँग कसरी लड्नेछ किनभने युद्धको जोखिम त बढिरहेको छ जवकि एशिया र युरोप भित्र अमेरीकी प्रभाव कम भईरहेको भन्दै सवाल उठाइरहेका छन् ।
प्यानलले अमेरीकी सैन्य श्रेष्ठता र राष्ट्रिय सुरक्षा खतरनाक स्तरसम्म खराव भएको औलाएको छ । यो शताब्दिमा आतंकवाद विरुद्धको लडाईमा अमेरीकाको ध्यान केन्द्रित हुदा युद्धका अन्य क्षेत्र जस्तै मिसाइल रक्षा, साइबर र अन्तररिक्ष अभियान सहित अन्य क्षेत्र पछि परेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा